• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्री अधिकारी चैत्य उद्घाटनमा अाउँदा बन्द विमानस्थल ६ दिनका लागि खुला

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०५:३६
1140x725

जुम्ला– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जुम्ला सदरमुकाम खलंगास्थित डुडुल चैत्य (बोधी चैत्य) को गत बुधबार एक समारोबीच उद्घाटन गरे।

_x000D_ _x000D_

मन्त्री अधिकारीले उद्घाटन गरेका डुडुल चैत्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भखरै सार्वजनिक गरेको सय गन्तव्य मध्येको एउटा गन्तव्य पनि हो। तर, मन्त्री अधिकारीले मर्मतका लागि बन्द गरिएको विमानस्थल आफू जानकै लागि खुला गरेको तथ्य खुल्न आएको छ।

_x000D_ _x000D_

मन्त्री अधिकारी, मन्त्रालय तथा प्राधिकरणको माथिल्लो तहमा बसेको कर्मचारीले मर्मत भइरहेको विमानस्थल ६ दिनका लागि खुला गर्न निर्देशन दिए।

_x000D_ _x000D_

अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलले मन्त्री अधिकारी जुम्ला जाने भएपछि बन्द गरिएको विमानस्थल खुला गरिएको स्वीकार गरे। मन्त्री अधिकारीको जुम्लामा दुई वटा कार्यक्रम थियो। ‘एउटा मर्मत भइरहेको विमानस्थल अनुगमन र अर्को डुडुल चैत्यको उघाटन थियो’, उनले भने। मन्त्री अधिकारी १४ गते तारा एयरको जहाजबाट जुम्ला गई १५ गते नै नेपालगञ्ज र्फिता भएको उनको भनाइ छ।

_x000D_ _x000D_

तर, मन्त्री अधिकारी जाने भएपछि विमानस्थलको मर्मत नै रोकिएको थियो। मर्मतको काम गरिरहेको निर्माण एक प्रतिनिधिले भने, ‘विशेष काममा लागि मन्त्री अधिकारी आउँदै हुनुहुन्छ, तपाईंहरुले जहाज अवरतण गर्न सक्नेगरी रनवे सफल गरिदिन भनिएको थियो। सोहीअनुसार हामीले मर्मतको काम रोकेर जहाज अवरतण गर्न मिल्नेगरी रनवे तयार पारेका थियौ।’

_x000D_ _x000D_

जहाज बिग्रिएको बहाना

_x000D_ _x000D_

जुम्ला विमानस्थलमा तारा एयरको एउटा जहाज बिग्रिएर थन्किएको थियो। जहाजको इन्जिन विदेशबाट ल्याई जुम्ला लानुपर्ने थियो। योसँगै मन्त्री अधिकारीको पनि जुम्लामा कार्यक्रम रहेको विमानस्थल खुल्ला गरिएको नेपालगञ्ज विमनस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्।

_x000D_ _x000D_

त्यसमा पनि आवश्यकता हेरेर विमानस्थल सञ्चालन गर्न सकिने भएका कारण केही दिनका लागि विमानस्थल खुला गरिएको उनको तर्क छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

साथै  विमानस्थल मर्मत आयोजनका प्रमुख इन्जिनियर प्रकाश श्रेष्ठले पनि १४ गते देखि १९ गतेसम्मका लागि विमानस्थल खुल्ला गरेको बताए। अब रनवे मर्मतको काम सकिएपछि मात्रै  विमानस्थल खुला हुने उनको भनाइ छ।

_x000D_ _x000D_

यो बीचमा समिट एयरलाइन्सले दुई वटा उडान गरेको छ। यसैगरी मन्त्री लैजान र ल्याउन तारा एयरले पनि दुई वटा उडान गरेको छ। यसैगरी तारा एयरले विदेशबाट ल्याएको जहाज इन्जिन समेत काठमाडौंबाट जुम्ला लगेको छ। बिग्रिएर बसेको जहाजको इन्जिन परिर्वतनको काम भइरहेको छ। अब भोलिसम्ममा जहाज मर्मत गरेर नेपालगञ्ज ल्याएपछि फेरि विमानस्थल बन्द हुने श्रेष्ठ बताउँछन्।

_x000D_ _x000D_

१८ महिनामा २५ प्रतिशत मात्रै काम

_x000D_ _x000D_

विमानस्थलको रनवे मर्मतको काम सुरु भएको १८ महिनाभन्दा बढी भइसकेको छ। तर, निर्माण कम्पनी एपेक्स पृथ्वी अनेक्स जेभीले अहिलेसम्म २५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ। विमानस्थलको रनवेमा समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ करोड ५२ लाख रुपैयाँमा विमानस्थलको 'रनवे ओभर ले' काम थालेका थियो। विमानस्थल मर्मतका काम २०७४ वैशाखबाट सुरु भएको थियो।

_x000D_ _x000D_

पहिलो पटक १२ महिनामा काम सम्पन्न गर्नेगरी सहमति भए पनि थप ६ महिनाको समय दिंदा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन। फेरि विमानस्थल मर्मतको लागि समय थप्ने तयारी भएको इन्जिनियर श्रेष्ठ बताउँछन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्