• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गैरसरकारी संस्थामाथि लाग्ने आरोप चिर्न नागरिक सम्मेलन

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १०:२२
1140x725

राजविराज– गैरसरकारी संस्थाहरू नाफामूलक र व्यावसायिक भएको आरोप लागिरहेका बेला त्यस्ता आरोपलाई चिर्न र गैरसरकारी संस्थालाई उद्देश्य अनुसार नै परिचालित गर्ने वातावरण तयार गर्न सप्तरीमा पहिलो पटक नागरिक सम्मेलन सुरु भएको छ। गैरसरकारी संस्था महासंघले आफनो नवौं अधिवेशनको अवसर पारी दुई दिने नागरीक सम्मेलनको आयोजना गरेको हो।

_x000D_ _x000D_

प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्रप्रसाद साहले सम्मेलनको उद्घाटन गरे।

_x000D_ _x000D_

आइतबारसम्म चल्ने सम्मेलनमा नागरिक स्तरमा रहेको धारणा र गुनासो संकलन गरी गैरसरकारी संस्थालाई विकास–निर्माण तथा समाजिक रुपान्तरणका काममा सहभागी गराउने र गैरसरकारी संस्थाका चुनौती पहिचान गरी त्यसलाई सामना गर्ने विषयमा छलफल हुने आयोजकले जनाएका छन्। 

_x000D_ _x000D_

सम्मेलनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सम्वन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा, दलित तथा जनजातिका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य संघ, राजनीतिकर्मी लगायतलाई सहभागी गराइएको छ। उनीहरुको सुझाव संकलन गरी आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा खाका तयार गरिने गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए। 

_x000D_ _x000D_

नागरिक सम्मेलनको पहिलो दिन शनिबार महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्रध्यापक सुरेन्द्रप्रसाद गुप्ताले ‘सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि’ शीर्षकमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल भइरहेको छ। कार्यपत्रमा सप्तरीमा गैरसरकारी संस्थाको अवस्था, तिनीहरुको सबल र दुर्वल पक्ष, गैससका कार्यगत र प्रवृत्तिगत चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका विषय समावेश गरिएको छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सप्तरीका अधिकांश गैरसरकारी संस्थामा संस्थागत र नेतृत्वदायी क्षमताको अभाव, दातामुखी, साझा मुद्दामा संस्था–संस्थाबीच समन्वय र साझेदारीको अभाव, मानवीय श्रोत ब्यवस्थापनको अभाव, स्थानीय श्रोत र साधनको पहिचान र परिचालनको अभाव, सीमित ब्यक्तिको हालिमुहाली, दिगोपनालाई ख्याल नगरी परियोजना सक्ने हतारो, अनुगमन र मूल्यांकनलाई बेवास्ता लगायतको समस्या देखिएको कार्यपत्रमा उल्लेख छ। 

_x000D_ _x000D_

यसैगरी, विषयगत विशेषज्ञताको अभाव तथा बहुदेश्यीय हुनु, दलगत राजनितिलाई सहयोग पुर्याउनु र जनतासँग भन्दा पनि जनताका लागि काम गरेको अहमता गैरसरकारी संस्थाहरुमा देखिएको समस्याका रुपमा कार्यपत्रले औंल्याएको छ।

_x000D_ _x000D_

प्रायजसो गैसस आफ्नो मौलिक सिर्जनात्मक प्रणालीमा भन्दा दाताहरूको प्रणाली, इच्छा र सर्तका आधारमा सञ्चालित हुने गरेको विषयलाई प्राथमिक्ताका साथ उठाइएको कार्यपत्र माथिको छलफलपछि आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने अध्यक्ष चौधरीले जानकारी दिए।

_x000D_ _x000D_

सप्तरीमा विधिवत दर्ता भएर कुल ९५ गैरसरकारी संस्था कार्यरत छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्