विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्लाहीको रामनगरमा मारिएका रामबिलास महतोको हत्यारा नपक्रिएसम्म उनको शव नउठ्ने बताएका छन्।
_x000D_
_x000D_
राज्य नै दोषीलाई उन्मुक्ति दिन लागेको बताउँदै नेता डा कोइरालाले भने, ‘कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन।’ घटनापछि दोषीलाई पक्रन हालसम्म नसकेको भन्दै सरकारको उनले आलोचना गरे।
_x000D_
_x000D_
कांग्रेस निकट वकिलहरुको संगठन डिएलएको प्रदेश १ भेलालाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले न्यायलयमा दलीय छायाँ परेको बताए। सत्तारुढ दलले न्यायलयप्रति गरेको आक्रमणका कारण नै पछिल्लो समय न्यायलयप्रति जनताको विश्वास घट्दै गएको उनले दाबी गरे।
_x000D_
_x000D_
चेतावनीको शैलीमा उनले भने, ‘नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन।’
_x000D_
_x000D_
जिल्लाको दक्षिण पश्चिम क्षेत्र रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको थियो। झडप हुँदा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय महतोको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।