काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।
_x000D_
_x000D_
दसैं, तिहार, छठ तथा नेपाल संवत्काे उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए।
_x000D_
_x000D_
उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।
_x000D_
_x000D_
कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गरे। उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए।
_x000D_
_x000D_
पूर्वमन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको बताए।
_x000D_
_x000D_
अर्का पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्ता पक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।