काठमाडाैं– अमेरिकाले चीन, भारत, जापान र दक्षिण कोरिया लगायत अन्य चार राष्ट्रलाई इरानको तेल निर्यात गर्न दिने भएको छ। अमेरिकाले इरानमाथि यसै हप्ताबाट लगाउने आर्थिक नाकाबन्दीबीच इरानसँग कच्चा तेल नकिन्न अमेरिकाले विश्व समुदायलाई चेतावनी दिँदै आएको थियो।
_x000D_
_x000D_
अमेरिकी चेतावनीलाई अस्वीकार गर्दै इरानसँग तेल व्यापारमा संलग्न रहेने राष्ट्रमाथि पनि अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएको थियो। यसैबीच अमेरिकाले ८ राष्ट्रलाई तत्कालका लागि इरानसँग तेल खरिद गर्न दिने भएको हो।
_x000D_
_x000D_
तर, यी राष्ट्रले इरानसँगको तेल निर्यातलाई क्रमिक रुपमा घटाउँदै लानुपर्ने अमेरिकाले बताएको छ।
_x000D_
_x000D_
गत जुन महिनामा संयुक्त राष्ट्रका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलीले भारत भ्रमणको क्रममा भारतलाई इरानबाट तेल निर्यात नगर्न चेतावनी नै दिएकी थिइन्।
_x000D_
_x000D_
अमेरिकाले इरानसँग तेल निर्यात नगर्न दिएको निरन्तर दबाबको प्रतिउत्तरमा भारतकी विदेश मन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रको ७३ महासभालाई सम्बोधन गर्दै भारत आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको बताएकी थिइन्।
_x000D_
_x000D_
अमेरिकाले एसियाका चार प्रभावशाली देश चीन, भारत, जापान र दक्षिण कोरियालाई तेल निर्यातमा छुट दिए पनि छुट दिइएको आठ मुलुकमा अन्य चार मुलुक कुन हुन् भन्ने विषयमा कुनै जानकारी दिइएको छैन। अमेरिका र चीनबीच चलेको व्यापार युद्धका बीच अमेरिकाले चीनमाथि इरानी तेल निर्यात गरेको खण्डमा कडा कदम चाल्ने अनुमान गरिएको थियो।
_x000D_
_x000D_
अमेरिकाको निरन्तर दबावबीच केही साता पहिले चीनले इरानबाट निर्यात गर्दै आएको तेलमा कमी ल्याउने बताएको थियो। तर अमेरिकाले इरानी तेल निर्यातमा चीनलाई पनि छुट दिएको हो।
_x000D_
_x000D_
यसैबीच अमेरिकाले इरानमाथि कठोर कदम चाल्ने बताएपछि इरानी तेल निर्यात हुने क्रम घटेको छ।
_x000D_
_x000D_
अमेरिकी दबाबपछि एक महिनामा इरानबाट निर्यात हुने २.७ मिलियन ब्यारेल तेलबाट घटेर हाल १.६ ब्यारेल पुगेको अमेरिकी आन्तरिक विश्लेषण रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।