एजेन्सी– साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्यामा प्रमुख दोषी मानिएका साउदी राजकुमार महमद विन सलमानले अमेरिकासँगको कुराकानीमा खशोग्गीलाई खतरनाक मुस्लिम बताएको जनाइएको छ।
_x000D_
_x000D_
राजकुमार सलमानले खशोग्गी बेपत्ता भएपछि र सायदीले उनको हत्या स्वीकार्नुपूर्व उक्त कुरा ह्वाइट हाउसलाई फोनमार्फत बताएका थिए। राजकुमार सलमानले खशोग्गीका विषयमा गरेको टिपप्णी सत्य नभएको साउदी अरबले जनाएको छ। साउदी अरबले यो रिपोर्टलाई गलत भन्दै वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्समा समाचार प्रकाशित भएको छ।
_x000D_
_x000D_
खशोग्गी अमेरिकी अखबारमा काम गर्ने साउदी नागरिक थिए भने उनी आफ्नै शासकको कट्टर विरोधीका रुपमा परिचित थिए। खशोग्गीको मृत शरीर फेला नपरे पनि टर्की, अमेरिका र साउदी अरब आफैंले पनि उनको गत २ अक्टोबरमा टर्कीस्थित इस्तानबुलमा हत्या भएको स्वीकार गरेका छन्।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वार्इं जेरेड कुशनर र अमेरिकी राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाकार जोन बोल्टनलाई साउदी राजकुमार सलमानले फोनमार्फत खशोग्गी मुस्लिम अतिवादी समूहसँग मिलेको बताएको भन्दै वासिङ्टन पोस्टले समाचार प्रकशित गरेको छ।
_x000D_
_x000D_
समाचारमा साउदी राजकुमारले गत ९ अक्टोबरमा कशनर र बोल्टनलाई फोन गरेको बताएको छ। उक्त समयसम्म साउदीले खशोग्गी हत्याको विषयलाई अस्वीकार गरेको थियो। समाचारमा राजकुमार सलमानले अमेरिका–साउदी अरबको सम्बन्ध जोगाउन पनि आग्रह गरेको बताइएको छ।
_x000D_
_x000D_
खशोग्गीका परिवारले खशोग्गी आफंैले वर्षौं पहिले मुस्लिम अतिवादी समूहको विरोध गरेको बताउँदै उनी अतिवादी समूहको नजिक रहेको कुरालाई अस्वीकार गरेका छन्। परिवारले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘खशोग्गी कुनै खतरनाक मानिस थिएनन्, यस विषयमा अन्यथा सोच्नु हाँस्यास्पद हुने छ।’
_x000D_
_x000D_
हालसम्म खशोग्गी हत्या अनुसन्धानले के पाइयो?
_x000D_
हालसम्म खशोग्गी हत्या कसरी भयो भन्ने विषयमा कुनै सहमति भएको छैन। खशोग्गी आफ्नी ३६ वर्षे प्रेमिकासँग विवाह गर्न आवश्यक कागजपत्र मिलाउन दूतावास प्रवेश गरेका थिए। बुधाबार टर्कीले उनी दूतावास प्रवेश गर्नेबित्तिकै पूर्वतयारी अनुरुप नै उनको घाँटी थिची हत्या गरिएको बताएको छ।
_x000D_
_x000D_
टर्कीका सञ्चार माध्यमले यस पूर्व स्रोतलाई उद्धृत गर्दै खशोग्गीलाई यातना दिएको बताएको थियो।
_x000D_
_x000D_
यता साउदीले खशोग्गी हत्यासम्बन्धी आफनो भनाइ लगातार परिर्वतन गर्दै आएको छ। उनी बेपत्ता भएको केही दिनमा साउदीले खशोग्गी दूतावासबाट जीवित नै बाहिर निस्किएको बताएको थियो भने पछि मात्रै अन्तर्राष्ट्रिय दबाबबीच उनको हत्या भएको स्वीकार गरेको थियो। यस्तै हालसम्म साउदीले खशोग्गी हत्या आरोपमा १८ सम्भावित अभियुक्तलाई पक्रिएको छ।
_x000D_
_x000D_
टर्कीले भने खशोग्गी हत्या साउदीले गरेको सार्वजनिक रुपमा नै बताउँदै आएको छ। टर्कीका राष्ट्रपति र साउदीका राजाले गत हप्ता फोनवार्ता गरी अनुसन्धानका विषयमा सहकार्य गर्ने सहमति गरेका थिए।
_x000D_
_x000D_
कुन देशले के भन्यो?
_x000D_
खशोग्गी हत्यापछि साउदीले आफ्नै निकटतम मित्र राष्ट्रबाट पनि आलोचित हुँदै हत्याका विषयमा सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ। साउदी अरबको विश्वासिलो मित्र राष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्पले खशोग्गी हत्याका विषयमा साउदीको जावाफ चित्तबुभm्दो नभएको बताएका छन्। यद्यपि साउदीसँगको हतियार खरिद बिक्री भने नरोक्ने उनले बताएका छन्।
_x000D_
_x000D_
यस्तै बुधबार फ्रान्सका विदेश मन्त्री जीन–यवेस ली ड्रियानले खशोग्गी हत्या एक ‘अपराध’ भएको बताएका छन्। उनले फ्रान्सको अर्थतन्त्र साउदीसँग निर्भर नभएकाले आफूहरुले साउदीलाई नाकाबन्दीसम्म लगाउन सक्ने बताएका छन्। तर नाकाबन्दी कस्तो प्रकारको हुने भन्ने विषयमा उनले केही पनि बताएनन्। बेलायतका विदेश सचिव जेरेमी हन्ट खशोग्गी हत्यासम्बन्धी विषयले अमेरिका र बेलायतलाई साउदीका विषयमा नयाँ तवरबाट सोच्ने मौका दिएको बताएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।