काठमाडौं– एभरेष्ट बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १५ गते बसेको साधारणसभाले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ।
_x000D__x000D_
गत आर्थिक वर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक दोस्रो बनेको छ। हिजो मात्रै सानिमा बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।