• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्मला हत्या प्रकरण : 'हाई प्रोफाइल'का ५ विवादित अभिव्यक्ति

64x64
किशोर दहाल शुक्रबार, कात्तिक १६, २०७५  ०१:०८
1140x725

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्। 

_x000D_ _x000D_

यसबीचमा छानबिनका लागि झन्डै आधा दर्जन समिति बनिसक्दा पनि अनुसन्धानमा खासै उपलब्धि हुन सकेको छैन। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्।  

_x000D_ _x000D_

यो सय दिनका बीचमा हाई प्रोफाइलबाट आएका ५ अभिव्यक्तिहरु नेपाल लाइभले स्मरण गरेको छ। जुन विवादित बनेका थिए।

_x000D_ _x000D_

'अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं'
_x000D_ भदौ २२ गते कञ्चनपुरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि सहभागी थिए। त्यहाँ उनले भने, 'निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं। सागरको सात तलामुनि छिरेको भए पनि खोजेर ल्याइन्छ। यो घटना जघन्य, पाशविक र क्रुर अपराध हो। दोषी उम्कनु हुँदैन।' 

_x000D_ _x000D_

'पुँजीवादले बलात्कार बढायो'
_x000D_ असोज १० गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी थिए, गृहमन्त्री रामबहादुर थापा 'बादल'। बैठकको सुरुमै बोलेका उनले बलात्कारको घटनाको दोष पुँजीवादतिर थोपरे। उनले भने, 'अझै पनि समाजमा सामन्ती संस्कार बाँकी छ, पुँजीवाद हावी छ। पुँजीवादले यस्ता हिंसा र बलात्कार जन्माउँछ । पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा बिक्री गर्छ।

_x000D_ _x000D_

पुँजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छन्। अमेरिकामा पनि ‘रेप’ हुन्छ, हत्याकाण्ड हुन्छ, भारतमा पनि हुन्छ। यस्ता घटना नयाँ होइनन्, यो सरकार आएपछि मात्र भएका होइनन्।'

_x000D_ _x000D_

'मेयरको आँगनमा लास'
_x000D_ यो अभिव्यक्ति प्रधामन्त्रीको हो। भदौ २० गते नेपाल टेलिभिजनबाट प्रसारित 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा उनले निर्मला पन्त प्रकरणमा राजनीति भएको संकेत गर्दै उनले प्रस्तोतालाई पुनर्प्रश्न गरेका थिए, 'म यति भन्छु कि राजनीति मिसिनु हुँदैन। मिसाउनु हुँदैन। पोस्टमार्टम गरेर घरमा लगेको लास घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने, यो के भएको? परिवारले त सद्गत गर्न लाँदै थियो। उनीहरुबाट खोसेर लगेर मेयरको आँगनमा लास लानु भनेको के हो? यसभित्र के छ त?' 

_x000D_ _x000D_

मेयरको घरमा निर्मलाको शव लगेको कुरा झुठो थियो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति भदौ २७ मा निर्मलाकी आमा दुर्गादेवीले नेपाल लाइभसँग गुनासो गरेकी थिइन्। त्यतिबेलासम्म बम दिदीबहिनी पनि घटनाको मतियार हुन सक्ने भन्दै शंकाको घेरामा थिए। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

तर प्रधानमन्त्रीले भने, 'हामी महिला अस्मिताको कुरा गरिराखेका छौं। महिलामाथिका हिंसाका कुरा गरिराखेका छौं। छानबिन हुन दिऔं। त्यो सम्बन्धित भनिएको घरका दुई जना दिदीबहिनीको अपराध छ भने उनीहरुलाई कारबाही गरौं। तर कारबाही गर्नुभन्दा अगाडि उनीहरुलाई केके भनिएको छ? केके गरिएको छ? समाजले के गरेको छ? यस्तो गर्नुहुन्छ? महिला हिंसा भएन? तिनीहरु दोषी हुन् कि होइनन्? पहिले छानबिन हुनुपर्‍यो। छानबिनबाट दोषी देखिन्छन् कि देखिँदैनन्। प्रमाणित हुन्छन् कि हुँदैनन्। ती पनि महिला होलान्। अविवाहित केटी होलान्। तिनको पनि जीवन होलान्। तिनका पनि सपनाहरु होलान्। ती पनि महिला हुन्, तिनको पनि इज्जत छ। अनुमानको भरमा तथानाम? यति जान्थे, यस्तो उस्तो गर्थे, उहाँ जान्थे, डान्सबार। यस्ता कुराहरु उछालेर र झुठ र अनुचित कुराहरु उचालेर हुन्छ? एउटा बालिका मारिएको छ, अरु बालिकाहरुमाथि अप्रमाणित, भयंकर क्रुर आक्रमण छ। यो महिला हिंसा होइन? यस्तो कुरामा समाज संवेदनशील हुनुपर्छ।'

_x000D_ _x000D_

'अनावश्यक रुपमा राजनीतिकरण भएको छ'
_x000D_ असोज १७ गते चितवन पुगेका गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका थिए। कैयौं विषयहरु सरकारले चाहँदाचाहँदै पनि समय लिन सक्ने र अपराधीहरु १३ वर्षपछि कानुनी कठघरामा आएका दृष्टान्त दिँदै उनले भने, 'यस्ता निर्मला भनेको चाहिँ सयौं छन्, जो बलात्कृत भएका छन्। तपाईंले तथ्यांक हेर्नुभयो भने अहिलेसम्म यो समाजमा, यो सरकार आउनुभन्दा अगाडि पनि र त्योभन्दा अगाडि पनि हाम्रा दिदीबहिनीहरु दैनिक रुपमा सयौंको संख्यामा बलात्कृत हुँदै आएका छन्। त्यसको उपर सरकारले आफ्नो कानुन र कारबाही गर्दै आएको छ।

_x000D_ _x000D_

जहाँसम्म अहिले निर्मला पन्तको जो सन्दर्भ उठेको छ, यो सरकारले छानबिन गरिराखेको छ। अपराधीहरुलाई कानुनको घेरामा ल्याउने प्रयत्न गरिराखेकै छ। त्यो हुँदाहुँदै पनि जसरी यो विषयलाई उछालिएको छ। यो विषयले के देखाउँछ त भने यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको छ। 

_x000D_ _x000D_

यदि सरकारले अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने, अनुसन्धानको प्रक्रिया नथाल्ने वा सन्दिग्ध दोषीहरुलाई बचाउने कोसिस गरेको भए सरकारले आफ्नो दायित्व पूरा गरेको छैन भन्ने हुन्थ्यो। तर जसरी विषयलाई उछालिएको छ, यसले वास्तवमा यो विषयलाई अपराधलाई राजनीतिकरण गरिँदैछ।' 

_x000D_ _x000D_

१२ वर्ष लाग्न सक्छ
_x000D_ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा सेप्टेम्बर २८ मा पत्रकार सूर्य थापासँगको टिभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको सन्दर्भ जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका थिए। 

_x000D_ _x000D_

उनले भने, 'कोही कोही ठाउँमा हुन सक्छ, कुनै हिसाबले कसैको संलग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ। सबै ठाउँमा पत्ता नलागेको छैन। नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ र १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन्। अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो। यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन्। अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त। कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दो रहेनछ अपराध। 

_x000D_ _x000D_

अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ। तर, के सरकार अपराध ढाक्न लागेको छ? के अहिले कुनै अपराधी जोगाउनुपर्छ भनेर लागेको छ? त्यस्तो लागेको छैन। अब कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शतप्रतिशत मान्छे ठिकै छ भन्न सकिन्न होला। त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ। तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ।'

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्