• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्मला हत्या प्रकरण : 'हाई प्रोफाइल'का ५ विवादित अभिव्यक्ति

64x64
किशोर दहाल शुक्रबार, कात्तिक १६, २०७५  ०१:०८
1140x725

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्। 

_x000D_ _x000D_

यसबीचमा छानबिनका लागि झन्डै आधा दर्जन समिति बनिसक्दा पनि अनुसन्धानमा खासै उपलब्धि हुन सकेको छैन। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्।  

_x000D_ _x000D_

यो सय दिनका बीचमा हाई प्रोफाइलबाट आएका ५ अभिव्यक्तिहरु नेपाल लाइभले स्मरण गरेको छ। जुन विवादित बनेका थिए।

_x000D_ _x000D_

'अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं'
_x000D_ भदौ २२ गते कञ्चनपुरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि सहभागी थिए। त्यहाँ उनले भने, 'निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं। सागरको सात तलामुनि छिरेको भए पनि खोजेर ल्याइन्छ। यो घटना जघन्य, पाशविक र क्रुर अपराध हो। दोषी उम्कनु हुँदैन।' 

_x000D_ _x000D_

'पुँजीवादले बलात्कार बढायो'
_x000D_ असोज १० गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी थिए, गृहमन्त्री रामबहादुर थापा 'बादल'। बैठकको सुरुमै बोलेका उनले बलात्कारको घटनाको दोष पुँजीवादतिर थोपरे। उनले भने, 'अझै पनि समाजमा सामन्ती संस्कार बाँकी छ, पुँजीवाद हावी छ। पुँजीवादले यस्ता हिंसा र बलात्कार जन्माउँछ । पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा बिक्री गर्छ।

_x000D_ _x000D_

पुँजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छन्। अमेरिकामा पनि ‘रेप’ हुन्छ, हत्याकाण्ड हुन्छ, भारतमा पनि हुन्छ। यस्ता घटना नयाँ होइनन्, यो सरकार आएपछि मात्र भएका होइनन्।'

_x000D_ _x000D_

'मेयरको आँगनमा लास'
_x000D_ यो अभिव्यक्ति प्रधामन्त्रीको हो। भदौ २० गते नेपाल टेलिभिजनबाट प्रसारित 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा उनले निर्मला पन्त प्रकरणमा राजनीति भएको संकेत गर्दै उनले प्रस्तोतालाई पुनर्प्रश्न गरेका थिए, 'म यति भन्छु कि राजनीति मिसिनु हुँदैन। मिसाउनु हुँदैन। पोस्टमार्टम गरेर घरमा लगेको लास घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने, यो के भएको? परिवारले त सद्गत गर्न लाँदै थियो। उनीहरुबाट खोसेर लगेर मेयरको आँगनमा लास लानु भनेको के हो? यसभित्र के छ त?' 

_x000D_ _x000D_

मेयरको घरमा निर्मलाको शव लगेको कुरा झुठो थियो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति भदौ २७ मा निर्मलाकी आमा दुर्गादेवीले नेपाल लाइभसँग गुनासो गरेकी थिइन्। त्यतिबेलासम्म बम दिदीबहिनी पनि घटनाको मतियार हुन सक्ने भन्दै शंकाको घेरामा थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

तर प्रधानमन्त्रीले भने, 'हामी महिला अस्मिताको कुरा गरिराखेका छौं। महिलामाथिका हिंसाका कुरा गरिराखेका छौं। छानबिन हुन दिऔं। त्यो सम्बन्धित भनिएको घरका दुई जना दिदीबहिनीको अपराध छ भने उनीहरुलाई कारबाही गरौं। तर कारबाही गर्नुभन्दा अगाडि उनीहरुलाई केके भनिएको छ? केके गरिएको छ? समाजले के गरेको छ? यस्तो गर्नुहुन्छ? महिला हिंसा भएन? तिनीहरु दोषी हुन् कि होइनन्? पहिले छानबिन हुनुपर्‍यो। छानबिनबाट दोषी देखिन्छन् कि देखिँदैनन्। प्रमाणित हुन्छन् कि हुँदैनन्। ती पनि महिला होलान्। अविवाहित केटी होलान्। तिनको पनि जीवन होलान्। तिनका पनि सपनाहरु होलान्। ती पनि महिला हुन्, तिनको पनि इज्जत छ। अनुमानको भरमा तथानाम? यति जान्थे, यस्तो उस्तो गर्थे, उहाँ जान्थे, डान्सबार। यस्ता कुराहरु उछालेर र झुठ र अनुचित कुराहरु उचालेर हुन्छ? एउटा बालिका मारिएको छ, अरु बालिकाहरुमाथि अप्रमाणित, भयंकर क्रुर आक्रमण छ। यो महिला हिंसा होइन? यस्तो कुरामा समाज संवेदनशील हुनुपर्छ।'

_x000D_ _x000D_

'अनावश्यक रुपमा राजनीतिकरण भएको छ'
_x000D_ असोज १७ गते चितवन पुगेका गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका थिए। कैयौं विषयहरु सरकारले चाहँदाचाहँदै पनि समय लिन सक्ने र अपराधीहरु १३ वर्षपछि कानुनी कठघरामा आएका दृष्टान्त दिँदै उनले भने, 'यस्ता निर्मला भनेको चाहिँ सयौं छन्, जो बलात्कृत भएका छन्। तपाईंले तथ्यांक हेर्नुभयो भने अहिलेसम्म यो समाजमा, यो सरकार आउनुभन्दा अगाडि पनि र त्योभन्दा अगाडि पनि हाम्रा दिदीबहिनीहरु दैनिक रुपमा सयौंको संख्यामा बलात्कृत हुँदै आएका छन्। त्यसको उपर सरकारले आफ्नो कानुन र कारबाही गर्दै आएको छ।

_x000D_ _x000D_

जहाँसम्म अहिले निर्मला पन्तको जो सन्दर्भ उठेको छ, यो सरकारले छानबिन गरिराखेको छ। अपराधीहरुलाई कानुनको घेरामा ल्याउने प्रयत्न गरिराखेकै छ। त्यो हुँदाहुँदै पनि जसरी यो विषयलाई उछालिएको छ। यो विषयले के देखाउँछ त भने यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको छ। 

_x000D_ _x000D_

यदि सरकारले अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने, अनुसन्धानको प्रक्रिया नथाल्ने वा सन्दिग्ध दोषीहरुलाई बचाउने कोसिस गरेको भए सरकारले आफ्नो दायित्व पूरा गरेको छैन भन्ने हुन्थ्यो। तर जसरी विषयलाई उछालिएको छ, यसले वास्तवमा यो विषयलाई अपराधलाई राजनीतिकरण गरिँदैछ।' 

Xtrem

Xtrem
_x000D_ _x000D_

१२ वर्ष लाग्न सक्छ
_x000D_ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा सेप्टेम्बर २८ मा पत्रकार सूर्य थापासँगको टिभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको सन्दर्भ जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका थिए। 

_x000D_ _x000D_

उनले भने, 'कोही कोही ठाउँमा हुन सक्छ, कुनै हिसाबले कसैको संलग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ। सबै ठाउँमा पत्ता नलागेको छैन। नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ र १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन्। अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो। यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन्। अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त। कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दो रहेनछ अपराध। 

_x000D_ _x000D_

अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ। तर, के सरकार अपराध ढाक्न लागेको छ? के अहिले कुनै अपराधी जोगाउनुपर्छ भनेर लागेको छ? त्यस्तो लागेको छैन। अब कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शतप्रतिशत मान्छे ठिकै छ भन्न सकिन्न होला। त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ। तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ।'

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्