काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्यालीसहित प्रदर्शन गरेको हो ।
काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।
अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।