वासिङटन- अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार टेलिफोन वार्ता भएकाे छ। विशेषगरी व्यापार विवादका विषयमा केन्द्रित भएर कुराकानी भएको भन्दै ट्रम्पले ट्वीट गरेका छन्।
_x000D_
_x000D_
लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन्।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको ट्वीटमा उल्लेख छ।
_x000D_
_x000D_
'राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो। हामीले धेरै विषयमा कुराकानी गर्यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,' ट्रम्पले ट्विटमा लेखेका छन्।
_x000D_
_x000D_
उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताएका छन्।
_x000D_
_x000D_
जी ट्वान्टी शिखर सम्मेलन यही महिनाको अन्त्यमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।