काठमाडौं- नोभेम्बर १ अर्थात् ३४ वर्षपहिले आजकै दिन सन् १९८४ मा भारतमा जातीय दंगा भएको थियो। उक्त घटना हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिएको छ।
_x000D_
_x000D_
३१ अक्टोबरमा इन्दिरा गान्धीको दुई सिख सुरक्षाकर्मीले गोली हानी हत्या गरेपछि देशभर शिख विरोधी दंगा फैलियो। हजारौं शिखको निर्ममतापूर्वक हत्या भयो। हत्याको बदलामा गान्धीका सर्मथकले निर्दोष शिखलाई निशाना बनाए। बदलामा उत्रेका मानिसले शिखका पसल र घरमा छानीछानी तोडफोड गरेका थिए।
_x000D_
_x000D_
एक प्रतिवेदनअनुसार दिल्ली, कानपुर, राउरकेला र देशका अन्य शहरमा गरी दिन दाहडै १५ हजार शिखको हत्या भएको थियो। दिल्लीमा मात्र ७ जना हत्या भएको थियो।
_x000D_
_x000D_
गान्धीको हत्यापछि भीड सडकमा उत्रँदै ‘खुनको बदला खुन’ भन्दै नारा लगाइएको थियो। लाजपत नगर, जंगपुरा, डिफेंस कोलोनी, फ्रेन्स कोलोनी, महारानी बाग, पटेल नगर, सफदरजंग र पञ्जावबागलगायतका क्षेत्रमा व्यापक लुटपाट भएको थियो। यी क्षेत्रका घर, पसल र गुरुद्धारमा लुटपाट गर्दै आगजनी भएको थियो।
_x000D_
_x000D_
पाकिस्तानवाट आएका शिख बस्तीमा बलात्कार भएको थियो। बलत्कारजस्तो जघन्य अपराधमा समेत अपराधीलाई कारबाही भएन, उन्मुक्ति पाए। घर जलाइनुका साथै पुरुषहरुलाई बाँधेर महिलाको बलत्कार गरिएको थियो भने तरवारले हानेर हत्या गरिएको थियो। यसपछि भारतीय शिख समुदायले १ नोभेम्बरालाई कालो दिनका रुपमा मान्दै अाएका छन्।
_x000D_
_x000D_
दंगाको घटना छानबिनका लागि १० वटा आयोग गठन भए। तर मुख्य व्यक्तिमाथि कारबाही भएको छैन। दंगामा काग्रेस नेताको भुमिकाका बारेमा निकै आलोचना भयो। काँग्रेस वरिष्ठ नेताहरु सञ्जन कुमार र जगदिश टाईलरमाथि गम्भीर आरोप लाग्यो। उनी पक्राउ समेत परे। २०१३ मा तल्लो अदालतले सज्जन कुरमालाई बिना धरौटी साधारण तारेकमा रिहा गर्यो।
_x000D_
_x000D_
पूर्व पार्षद् बलवान खोखर, अवकाशप्राप्त सैनिक अधिकारी क्याप्टेन भागमल, गिरधारी लाल और र अन्य दुई जनालाई दोषी ठहर गर्यो। त्यसैगरि पूर्व विधायक महेन्द्र यादव र किशन खोखरलाई ३/३ वर्षको कैद सजाय हुने फैसला तल्लो अदालतले सुनायो। जगदीश टाईलरलाई भने सफाई दियो।
_x000D_
_x000D_
अधिकांश मुद्दाहरु प्रमाण अभावको कारण देखाउँदै बन्द गरिएका छन्। तर शिखहरुले त्यसको छानबिन हुनुपर्ने माग गर्दै अाइरहेका छन्। तर अब छानबिन हुने संभावना क्षीण बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।