काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
_x000D_
_x000D_
समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।
_x000D_
_x000D_
यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्द्धक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ।
_x000D_
_x000D_
कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ।
_x000D_
_x000D_
कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ। यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्।
_x000D_
_x000D_
कात्तिक २२ गते कार्तिक शूक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्धनकाे पूजा हुन्छ। यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ।
_x000D_
_x000D_
कार्तिक शूक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताए। तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।