लण्डन – अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन (इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताएकी छिन्।
उनले बहिर्गमनले विभिन्न उद्योग कम्पिनीलाई आफ्ना साधनस्रोतलाई यूरोपतर्फ लग्न बाध्य तुल्याउने बीबीसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तर्वार्तामा बताएकी छिन्।
बेलायतले इयू छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्छ जसका कारण संयुक्त अधिराज्यको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाई थियो।
“मलाई लाग्छ यो बेलायतका लागि धेरै ठूलो वेफाइदा हुन्छ,” क्लिन्टनले भनिन्।
“सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु हो अर्थात् बेलायती उत्पादनलाई इयूको सदस्य रहँदाको अवस्थामा झैँ यूरोपेली बजारमा सहज पहुँच नदिइनु हो,” उनको भनाई छ।
अमेरिकी पूर्व विदेशमन्त्रीको समेत अनुभव सम्हालेकी क्लिन्टनले बेलायती व्यापारिक क्षेत्रमा हुने अवरोध गम्भीर हुनसक्ने बताएकी छिन्।
बेलायतको इयूबाट बहिर्गमनको प्रक्रियाका लागि छलफल चलाइरहेको छ । लण्डनले सन् २०१९ को मार्चसम्म प्रक्रियालाई टुङ्गोमा पु¥याउने तर व्यापारिक सम्झौता भने नहुनपनि सक्ने बताएका बेला अमेरिकी पूर्वविदेश मन्त्रीको यो भनाइ आएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।