काठमाडौं– सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
_x000D_
_x000D_
न्यायाधीश ईस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउने आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
_x000D_
_x000D_
सर्वोच्चको यो आदेशपछि उपाध्यायलाई हटाउने सरकारको निर्णय रोकिने भएको छ भने उनलाई काममा फर्काउनुपर्ने भएको छ।
_x000D_
_x000D_
यसअघि उपाध्यायलाई ओली सरकार गठन भएलगत्तै पनि पदबाट अवकाश दिइएको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उपाध्याय सर्वोच्च अदालत पुगेका थिए।
_x000D_
_x000D_
सर्वोच्चले गत असार २९ गते उनलाई पुनर्थापित गरेको थियो। त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आइतबार हटाउने निर्णय गरिएको थियो।
_x000D_
_x000D_
२०७४ मङ्सिर २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले उपाध्यायलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।