काठमाडाैं– वरिष्ठ सैन्य अधिकारीहरू सवार अफगानीस्तानको एक हेलिकप्टर दुर्घटना हुँदा २५ अधिकारीको मृत्यु भएको छ।
_x000D_
_x000D_
अफगानीस्तानको फराह प्रान्तमा भएको दुर्घटनामा परि ती सैन्य अधिकारीको मृत्यु भएको अफगानी समाचार माध्यमले जनाएको छ।
_x000D_
_x000D_
फहार प्रान्तका गोर्भनरका प्रवक्ता नासिर मेहिरले जानकारी दिएअनुसार दुई हेलिकप्टरहरू हेरात प्रान्ततर्फ जाने क्रममा एक हेलिकप्टर अनियन्त्रित भई दुघर्टनामा परेको हो।
_x000D_
_x000D_
प्रान्तीय परिषद्का एक सदस्यका अनुसार हेलिकप्टर पहाडमा ठोक्किएर दुर्घटना परेको हो। हेरात जाने हवाई रुटको खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको जनाइएको छ।
_x000D_
_x000D_
तालिवान प्रभावित क्षेत्रमा यात्रा गर्ने क्रममा अफगानीस्तानका सैन्य अधिकारीहरु हेलिकप्टरको प्रयोग गर्ने गर्छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।