काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक १५औं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
_x000D__x000D_
रक्तदान कार्यक्रम बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, कलस्टर कार्यालयहरु पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, सञ्चालक, सेयरधनी, कर्मचारीहरुद्वारा रक्तदान गरी कार्यक्रम सम्पन्न गरेको हो।
_x000D__x000D_
रक्तदान कार्यक्रममा केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौंबाट ४५ प्वाइन्ट, कलस्टर कार्यालय पोखरामा १ सय ४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरी कुल ३ सय २६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए।
_x000D__x000D_
बैंकको सात वटै प्रदेशमा गरी ६८ वटा शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। यस बैंकले १८ वटा एटीएम तथा ५ शाखाबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाईबाट लघुुबित्त सेवासमेत प्रवाह गर्दै आइरहेको श्रेष्ठले जानकारी दिए।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।