एजेन्सी– विकसित देशका मानिसहरू काममा व्यस्त हुने भएकाले बजार जाने र छानीछानी सामान किन्ने फुर्सद हुँदैन। त्यही समस्या सम्बोधन गरी मानिसको दिनचर्या सहज बनाउन १९९४ बाट सुरु भयो अनलाइन सपिङ। सबैभन्दा ठूलो अनलाइन सपिङ सेवा प्रदायक हो अमेरिकी कम्पनी अमेजन। १९९५ मा स्थापना भएको यो कम्पनीले बजार विस्तार गर्दै भारतसम्म आइपुगेको छ।
_x000D_
_x000D_
विश्वमा अहिले अनलाइन सपिङको बाढी नै आएको छ। स्थानीय अनलाइन सपिङ सेवा प्रदायकको विश्वश्नीयता खासै बढ्न नसकेको अवस्थामा अमेजनजस्ता विश्व बजारमा कुनै समय एकाधिकार जमाएका कम्पनीप्रति विश्वास गर्ने मानिसको कमी छैन।
_x000D_
_x000D_
तर भारतस्थित ग्रेटर नोइडाका एक युवाले आफ्नी श्रीमतीलाई करवा चौथका दिन उपहार दिन अमेजनबाट मगाएको मोबाइल फोनको सट्टमा दुई पुरिया साबुन मात्र पाएका छन्। अनलाइन सपिङमा मोबाइल फोन अर्डर गरी सोह्र हजार मूल्य तिरेको भएपनि उनले साबुन मात्र पाए। मोबाइल फोन ल्याउने बक्समा मोबाइलको सट्टामा साबुन आएको हो।
_x000D_
_x000D_
गे्रटर नोइडाका व्यापारी विशाल त्यागीले श्रीमती मेघनलाई उपहार दिन अर्डर गरेको मोबाइल फोनको सटट साबुन आएपछि ती दम्पत्तिले यो विषयलाई लिएर प्रहरीमा उजुरी गरेका छन्। ‘हामीले मोबाइल बक्स पाएपछि ल्याउने डेलिभरी ब्वाइलाई एकछिन रोक्न बनौं’, श्रीमती मेघनाले भनिन्, ‘बक्स खोलेर हेर्दा मोबाइलको ठाउँमा साबुन रैछ।’
_x000D_
_x000D_
अमेजनले क्षमा माग्दै गल्ती गर्ने विरुद्ध सख्त कारबाही गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।