बेत्रावती- राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र सुरु गरिएको छ। विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करिब चार किमि सडक कालोपत्र गर्न थालिएको हो।
_x000D_
_x000D_
मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पुर्याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्सन प्रालिका इञ्जिनियर सुरज गौतमले बताए।
_x000D_
_x000D_
पिपलटारका बासिन्दाले सडकमा पर्ने जग्गाको मुआब्जा नदिई कालोपत्र थालेको भन्दै विरोध गरेका हुन्। लीलानाथ न्यौपानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरी उनीहरुले आन्दोलन थालेका छन्।
_x000D_
_x000D_
त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्गको दायाँबायाँ जग्गाको सीमा निर्धारण २०३४ सालमा सडक विस्तारको क्रममा गरिएकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानुनी अभाव रहेको आयोजना प्रमुख सुवोध देवकोटा बताउँछन्। ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी सडक निर्माणको काम भइरहेको छ। आयोजनाको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ।
_x000D_
_x000D_
चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले रु ९ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने सो सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ।
_x000D_
_x000D_
गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभीमार्फत भइरहेको छ।
_x000D_
_x000D_
रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको १८ किमि सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी नेपाली सेनाले गत वर्ष चैत ३० गते आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ। स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।