काठमाडौंं– मलेसिया सरकारले विदेशी कामदार लिँदा सरकारीस्तरबाटै आपूर्ति गर्न भएको छ। सोमबार नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति सम्बन्धी श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर कार्यक्रमा बोल्दै मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले मलेसिया सरकारले आप्रवासी कामदार सरकारीस्तरबाटै आपूर्ति गर्ने तयारी गरिरहेको बताएका थिए।
_x000D_
_x000D_
श्रमिक आपूर्ति सम्बन्धी समझदारीपत्र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले हस्ताक्षर गरेका थिए।
_x000D_
_x000D_
मलेसियामा करिब ४० प्रतिशत श्रमिक आप्रवासी रहेको भन्दै मन्त्री कुलासेगरानले विद्यमान पुराना नीति र कानुनै परिवर्तन गरेर सरकारले अनुगमन वा नियन्त्रण गर्ने मिल्ने गरी विदेशी कामदार लिने बताए।
_x000D_
_x000D_
मलेसियाले श्रमिक आपूर्ति गर्दै आएका देशसँग सरकारीस्तरमै कामदार आपूर्ति गर्ने विषयमा छलफल र पहल गरिरहेको मन्त्री कुलासेगरानले बताए। उनले भनेर्, मलेसिया सरकारले आप्रवासी कामदार आपूर्ति सम्बन्धी नीति परिवर्तन गरिरहेको छ। मलेसियाको पछिल्लो नीतिले श्रमिक आदानप्रदानमा सहज हुन्छ। मलेसियाले रोजगारी आपूर्तिकर्ता संस्थासँग समन्वय गरेर श्रम विभाग नै स्थापना गरी श्रमिक आपूर्ति गर्ने योजना अघि सारेको छ।’
_x000D_
_x000D_
सरकारीस्तरमै कामदार आपूर्ति गर्ने विषयमा मलेसियाले नयाँ संरचना र खाका तयारी गरिरहेको मन्त्री कुलासेगरानले भनेर्, मलेसिया सरकार विदेशी श्रमिकप्रति जहिले पनि उदार र जवाफदेहिता हँुदै आएको छ। मलेसियाले आप्रवासी कामदारको सुविधा प्रति सचेत र गम्भीर छ।’
_x000D_
_x000D_
मलेसिया सरकारले अवैध भएर काम गरिरहेका विदेशी कामदारलाई स्वदेश फर्किन अथवा वैध भएर काम गर्ने अवसर पटक–पटक दिइरहेको बताएका थिए।
_x000D_
_x000D_
यस्तै, मलेसियाका गृहमन्त्री मुहिद्दिन यासिनले गत बुधबार विदेशी कामदार भर्नासम्बन्धी विद्यमान व्यवस्था परिवर्तन गरी नयाँ प्रक्रियाबाट कामदार आपूर्ति गरिने त्यहाँको संसद्मा जानकारी गराएका थिए।
_x000D_
_x000D_
हाल मलेसियाले आउटसोर्स कम्पनीबाट विदेशी कामदार लिँदै आएको छ। निजी संस्थाबाट कामदार आपूर्ति गर्दा मानव तस्करी र ठूलो आर्थिक ठगी बढेको भन्दै निजी कम्पनी तथा एजेन्टलाई हटाइ सरकारीस्तरबाटै विदेशी कामदार आपूर्ति गर्ने योजना सरकारको रहेको गृहमन्त्री यासिनले संसदमा बताएका थिए।
_x000D_
_x000D_
गृहमन्त्री यासिनले मलेसियाको आन्तरिक श्रमिक तथा आप्रवासी कामदार आपूर्ति र व्यवस्थापन गर्ने जिम्मा मानव संसाधन मन्त्रालय दिने समेत जानकारी गराएका थिए।
_x000D_
_x000D_
मलेसियामा तीन महिनाअघि गठन भएको सरकारले विदेशी कामदारसम्बन्धी व्यवस्थामा सुधारका लागि आवश्यक सुझाव दिन भन्दै पुर्व प्रधानन्यायधीशको अध्यक्षतामा एउटा कार्यदल नै गठन गरेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यदलले मलेसिया सरकारले निजी कम्पनी तथा एजेन्टमार्फत विदेशी कामदार लैजाने व्यवस्था र प्रक्रिया नै खारेज गर्न सुझाव दिएको थियो। हाल विदेशी कामदार भर्ना प्रक्रियाका कारण मानव तस्करी र ठगी बढेको भन्दै सरकारीस्तरबाटै आप्रवासी कामदार आपूर्ति गर्न कार्यदलले सुझाव दिएको थियो।
_x000D_
_x000D_
मलेसिया सरकारले पनि विद्यमान ऐन तथा नियमावली परिवर्तन गरि विशेष ऐन बनाएर विदेशी कामदार भर्ना प्रक्रियामा आमूल परिवर्तनको तयारी भइरहेको जनाउदै आएको छ।
_x000D_
_x000D_
हाल विदेशी कामदार आपूर्ति गर्ने काम गर्दै आएका निजी रोजगार एजेन्सीलाई व्यवस्थापन गर्दै मानव संसाधन मन्त्रालयमार्फत एक किसिमको मापदण्ड बनाएर सरकारीस्तरबाट विदेशी कामदार लिने पक्षमा मलेसिया सरकार छ।
_x000D_
_x000D_
आप्रवासी कामदार निजी संस्थामार्फत् भित्राउँदा मानव तस्करीलगायतका विकृति बढ्दै गएको मलेसिया सरकारको बुझाई छ। सय भन्दा बढी श्रमिक आपूर्तिकर्ता संस्था लाइसेन्स नै लिएर काम गर्दै आएको बताइएको छ।
_x000D_
_x000D_
आउटसोर्स कम्पनी तथा एजेन्टबाट कामदार आपूर्ति गर्दा रोजगारीमा जाने कामदार ठगिने गरेका छन्। मलेसिया सरकारको सरकारीस्तरबाट कामदार आपूर्ति गरेको खण्डमा नेपाली कामदारपनि लाभान्वित हुनेछन्।
_x000D_
_x000D_
मलेसियाले नेपाल बंगालदेश, भितनाम, इन्डोनेसियालयात १६ देशबाट श्रमिक आपूर्ति गर्दै आएका छ।
_x000D_
_x000D_
नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। मलेसियामा करीब ३ लाख नेपाली कार्यरत रहेको छन्। त्यसमा करीब १ लाख ५० हजार कामदार अवैध ढंगले बसेर काम गरिरहेको सरकारी अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।