काठमाडौं– सेना, प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसम्मले मेलम्चीका गाडी लगेको खुलेको छ। खानेपानी मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त विषय खुलेको हो।
_x000D_
_x000D_
मेलम्चीका गाडी अन्यत्रै प्रयोग भइरहेको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयले ती गाडी फिर्ता लिन आयोजनालाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
खानेपानीमन्त्री बिना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडी तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्।
_x000D_
_x000D_
समितिका अनुसार प्रधानमन्त्री कार्यालयले मेलम्चीका दुई वटा गाडी लगेको थियो। एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ। बा १ झ ८७५९ नं. को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो। त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ।
_x000D_
_x000D_
मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन्।
_x000D_
_x000D_
बा ८ च ६७६० नं.को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा छ। मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ। सो गाडीमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन्।
_x000D_
_x000D_
काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ। प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको हो।
_x000D_
_x000D_
त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ।
_x000D_
_x000D_
खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएकी छन्।
_x000D_
_x000D_
मेलम्ची समितिमा रहेका गाडी र प्रयोग गर्ने निकाय
_x000D_
_x000D_

_x000D_
_x000D_


_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।