काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रपति भवन सुरक्षा गर्न नसकेकोमा सेनाले नै जान्नुपर्ने बताएका छन् ।
एमाले राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनेजी आन्दोलनका क्रममा भएका केही घटना रहस्यपूर्ण रहेको भन्दै नेपाली सेनाको सुरक्षाबारे प्रश्न गरेका हुन् ।
आन्दोलनका नाममा राष्ट्रका ऐतिहासिक संरचना जलेपनि त्यसको समेत छानबिन नभएको भन्दै ओलीले नेपालको राजनीतिक इतिहासमा त्यस्तो निर्बाध अपराध कहिल्यै नचलेको बताए ।
‘२३ गते त्यत्रा मान्छे कसले मार्यो ?’, प्रश्न गर्दै ओलीले हाम्रा टाउकामा अपजस हालेर भोलीपल्ट आगलागी गर्न स्कुले विद्यार्थीलाई झोला बोकाएर ल्याएका हुन् । उनले तत्कालीन सभापति शेरबहादुर देउवालाई घरमै गएर कुट्ने काम गर्दा पनि राज्यको उपस्थिति नहुनु लज्जाको विषय भएको बताए ।
‘राष्ट्रपति निवासको बाहिर जलाऊ, भित्र त राष्ट्रपति बस्नुपर्छ कहाँ जलाउन पाइन्छ भनेको देखियो’, ओलीले भदौ २४ को स्मरण गर्दै भने, ‘राष्ट्रपति निवासको सुरक्षा नहुने ? भैरवनाथ गणमा राष्ट्रपति थुनेर सुरक्षा हुन्छ ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।