काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
जिप सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पतालमा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।
अन्य सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।