काठमाडौं– विशेष अदालत काठमाडौले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ।
_x000D_
_x000D_
विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो। विशेष अदालतले सोबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत सुनाएको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो।
_x000D_
_x000D_
क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा दावी गरिएको छ। डा श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानूनी रुपमा धन आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
_x000D_
_x000D_
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपत्रपमा माग गरिएको थियो। अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाइएको थियो। तर विशेष अदालतले श्रीमतीलाई भने सफाइ दिएको छ।
_x000D_
_x000D_
डा श्रेष्ठ क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरी १८ वर्ष सोही स्थानमा बिताएका थिए। क्यान्सर विशेषज्ञ श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए।
_x000D_
_x000D_
२०६३ देखि २०६५ सालसम्म उनले १५ लाख २७ हजार रूपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा ३ वर्षको अवधिमै ५० लाख अवैध ढंगले कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
_x000D_
_x000D_
श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। उनले घर निर्माणमा कुल ४४ लाख ५४ हजार र जग्गामा ६५ लाख ८५ हजार खर्चेको भेटिएको अख्तियारको अख्तियारको आरोप पत्रमा दावी थियो। २०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि श्रेष्ठले ९४ लाख ३१ हजार गैरकानुनी आर्जन गरेको अख्तियार आरोपपत्रमा उल्लेख थियो।
_x000D_
_x000D_
क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा श्रेष्ठकी पत्नी शिलु कार्यरत रहेकी थिइन्।
_x000D_
_x000D_
श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरु एनपीआई सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा सेयर रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।