पोखरा- पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार पोखरा १, टुँडिखेलमा सार्वजनिक जग्गामा बनेको एक घर भत्काउन आदेश जारी गरे। मेयर जिसीको आदेश पालना गर्दै नापी विभाग तथा इन्जिनियरको टोली त्यतातर्फ लाग्यो। तर महानगरका अन्य आधिकारिक व्यक्ति गएनन्। न मेयर थिए न वडाका कुनै प्रतिनिधि।
_x000D_
_x000D_
संरचना भत्काउन नपाएपछि डोजरले त्यहीँ रहेको बाटो सम्याएर फर्किएको छ।
_x000D_
_x000D_
‘कर्मचारी हातमा पत्र लिएर आएका छन्। आधिकारिक व्यक्तिबिना कसरी घर भत्काउन दिने?’ सोमबार भिडबाट थुप्रैले आवाज उठाउँदै थिए, ‘पहिले आफै संरचना बनाउन स्वीकृत दिने अहिले बिना मुआब्जा भत्काउन पाइन्छ?’
_x000D_
_x000D_
महानगरले भत्काउन आदेश जारी गरेको घर थियो, छविलाल चापागाईंको। उनको जग्गा महानगरले १ मिटर जग्गा र १.५ मिटर नाला गरी २.५ मिटर बाटो क्षेत्र छुट्याएर मिचिएको संरचना भत्काउन आदेश जारी गरेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
संरचना बनेको जग्गा भने २०६८ सालदेखि नै विवादित रहेको स्थानीय बताउँछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संरचना बनेको २ कित्ता नम्बर सार्वजनिक रहेकाले अदालतमा मुद्दा दायर गरेको थियो। उच्च अदालत पोखरामा सो जग्गाका विषयमा हालसम्म मुद्दा चलिरहेको छ। अदालतमा मुद्दा चलिरहेका कारण सो जग्गामा कुनै पनि संरचना बनाउन तथा किनबेच गर्न नपाउने कानुन छ।
_x000D_
_x000D_
तर पोखरा महानगरले २०७४ साल चैत २ गते मेयर जिसीकै कार्यकक्षमा सरोकारवाला निकायकै रोहबरमा २ नम्बर कित्तामा ३२.१० वर्ग मिटर जग्गाबाट निकास खोल्न सहमति भएको देखिन्छ।
_x000D_
_x000D_
‘टुँडिखेलमा रहेको छविलाल चापागाईं र गोविन्द कोइरालाको घरबीचमा भएको नाली किनारबाट उत्तरतर्फ १.५ मिटर जग्गा निकासका लागि छोड्ने निणर्य भयो,’ सहमतिमा भनिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
नापी विभागका कर्मचारीका अनुसार सहमति अनुसार छोड्ने भनिएको डेढ मिटर जग्गा निकासका लागि छोडिएको छ। ‘पहिले सहमतिमा डेढ मिटर छाड्ने निर्णय भएको देखिन्छ। अहिले २.५ मिटर छोडेर भत्काउन आदेश जारी भएको छ,’ नापी विभागकै एक इन्जिनियरले भने। १.५ र २.५ मिटर कुन लागू गर्ने विषयमा कुरा नमिलेपछि महानगरको डोजर बाटो सम्याएर फर्किएको थियो।
_x000D_
_x000D_
जग्गाधनी चापागाईंले चैतमा नागरिक समाजका अगुवा भनेर पार्टीकै मान्छेबीच राखेर झुठो सहमति भएको आरोप लगाए। सहमतिमा मेयर मानबहादुर जिसी, वडाअध्यक्ष, सदस्य, वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, कानुन अधिकृत राममणि अधिकारी र नागरिक समाजका महेश्वर पोख्रेल, ध्रुव पराजुली, दामोदर रिजाल, लक्ष्मणप्रसाद चापागाईंको हस्ताक्षर छ।
_x000D_
_x000D_
नागरिक समाजका सदस्य भनिएका सबै नेकपाका सक्रिय सदस्य हुन् भने लक्ष्मण जग्गाधनीका भाइ हुन्।
_x000D_
_x000D_
महानगरले भने मिचिएको संरचना भत्काइछाड्ने बताएको छ। विभिन्न कारणले रोकिए पनि केही दिनमा नै सहमति गरेर संरचना भत्काउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। ‘अहिले महानगर र संरचना धनीबीच छलफल चलिरहेको छ। सहमति अनुसार महानगरले संरचना केही दिनमा नै भत्काउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।