रियाद- साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जनाएको छ।
गएराति भएको आगलागीको कारण पत्ता लाग्न सकेको छैन। यसमा परी मृत्यु भएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ। आगलागी नियन्त्रणका लागि केही अग्नि नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।