वासिङ्टन- अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई सुदृढ गर्न थप ५ हजार २ सय सेना परिचालन गर्न लागेको जनाएको छ। रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन्।
_x000D_
_x000D_
यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन्। यसअघि नै सीमामा २ हजार नेसनल गार्ड खटिएका छन्।
_x000D_
_x000D_
पेन्टागनका अनुसार सीमा क्षेत्रमा खटाइने सुरक्षा फौजसँग हातहतियार, हेलिकप्टर, उच्च प्रविधि जडान गरिएका विमान रहनेछन्। यो टोलीले सीमा सुरक्षा बललाई मद्दत गर्नेछ।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन्। उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहेका छन्।
_x000D_
_x000D_
अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब ३ हजार ५ सय मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताए।
_x000D_
_x000D_
यसबाहेक, ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब ३ हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन् ।
_x000D_
_x000D_
म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताए। सीमा सुरक्षा एजेन्टहरुले ३ सातादेखि दिनहुँ एक हजार ९ सय जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि उनले जानकारी दिए।
_x000D_
_x000D_
सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति ७ हजार अमेरिकी डलरसम्म बुझाएको म्याकएलिननले बताए।
_x000D_
_x000D_
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लस्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन्। उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।