कञ्चनपुर- श्रीमान्विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्ती करणी मुद्दा प्रहरीमा दिएकी छन्।
_x000D_
_x000D_
श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। "मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौँ,' उनले भने। मुद्दा दर्तापछि डम्बर सोमबार पक्राउ गरिएको छ।
_x000D_
_x000D_
मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनको भनाइ छ। अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ। उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।