मुजफ्फरबाद- भारत-पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार भएको अर्को झडपमा एक जनाको ज्यान गएको छ।
भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। त्यसमा परी अरु पाँच जना घाइते भएका छन्। घाइते हुनेमा चार बालबालिका समेत छन्। काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा झडप भएको हो।
गएको मङ्गलबार मात्र पनि भारत अधिनस्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोस्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए।
आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।