काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको दुई वटा ए ३३०–२२० वाइडबडी जहाजले उडान सुरु गरेको साढे २ महिनामा ५३ हजार ७५ यात्रु बोकेको छ।
_x000D_
_x000D_
नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलका अनुसार अन्नपूर्ण र मकालु नाम दिएइको दुई वटा वाइडबडी जहाजले असोज मसान्तसम्ममा कुल २ सय ८६ वटा उडान तथा अवतरण गरेको छ। २ सय ७४ सिट क्षमताको वाइडबडी जहाजको २ सय ८६ उडानमा कुल सिट संख्या ७८ हजार ३ सय ६४ हुन्छ। तर, निमगले त्यसको ६७ दशमलव ७२ प्रतिशत मात्रै सिट सदुपयोग गरेको छ। जसका कारण नेपाल एयरलाइन्सलाई वाइडबडी उडानमा तीन महिना नपुग्दै एक अर्बभन्दा बढी नोक्सानी भएको अनुमान गरिएको छ।
_x000D_
_x000D_
निगमले वाइडबडी जहाजमार्फत कोरिया, जापान तथा साउदी अरब उडान गर्ने भने पनि अहिले पुरानै गन्तव्यमा उडान गरिरहेको छ। युरोपियन युनियको सुरक्षा चासो सूचीमा रहेको नेपाल एयरलाइन्सले कोरिया तथा जापानमा उडान अनुमति पाउन सकेको छैन। नयाँ गन्तव्य नपाएपछि निगमले पुरानै गन्तव्य नयाँ दिल्ली, थाइल्यान्ड, दुबई तथा कतारमै बाइडबडी जहाज उडान गर्दै आएको छ।
_x000D_
_x000D_
पहिलो वाइडबडी अन्नपूर्णले साउन १६ देखि व्यावसायिक उडान सुरु गरेको थियो। ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त अन्नपूूर्ण ए ३३०–२०० वाइडबडी असार १४ गते काठमाडौं ल्याइएको थियो।
_x000D_
_x000D_
मकालु नाम दिएको वाइडबडी जहाज भने साउन १० गते काठमाडौं ल्याइएको थियो। मकालुले भदौ पहिलो सातादेखि व्यावसायिक उडान सुरु गरेको थियो। निगमले जहाज खरिदमा प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर खर्च गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।