काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो तथा मंगलबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्सले पहिलो पावर प्ले अर्थात ६ ओभर सकिँदा ४६ रन बनाएको छ ।
टस हार्दै पहिले ब्याटिङ गरेर चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्सले पहिलो पावर प्ले को समाप्तिमा एक विकेट गुमाउँदै ४६ रन बनाएको हो ।
विराटनगरका लागि आक्रामक ब्याटिङ गरेका ओपनर लोकेश बमले २६ रन बनाएका छन् । उनलई रञ्जितकुमारले क्याचआउट गराए । उनले १४ बलमा १ छक्का र चार चौकासहित २६ रन बनाए । यस्तै अर्का ओपनर इमरान शेखले १६ रन बनाएर खेलिरहेका छन् । क्रिजमा चारिथ असलंका आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।