काठमाडौं– नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
चितवन राइनोजले ओपनर डेभिड मिलानको अर्धशतकीय पारीमा उक्त रनको लक्ष्य दिएको हो । यससँगै मिलान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्।
मिलानले ४१ बलमा ५ चौका र ३ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।
कप्तान रवी बोपाराले अविजित ३२ रन बनाए। २६ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे।
डान मौउस्ले २९ रनमा अविजित रहँदा देव खनालले १२ रन बनाए।
विराटनगरका एन्जेले म्याथ्यू, आन्द्रे रसेल र चारिथ असलंकाले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।