एजेन्सी- इङ्लिस फुटबल क्लब लेस्टर सिटीका मालिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। आफ्ना थाई मालिक ६० वर्षीय भिचाई श्रीभादानाप्रभाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले पुष्टि गरेको छ। उनीसहित पाँच जनाको मृत्यु भएको हो।
_x000D_
_x000D_
मृतकहरूमा क्लबकै दुई कर्मचारी नुसारा सुक्नामाई र केभपोर्न पन्पेर, पाइलट एरिक स्वाफर र यात्रु इजाबेला रोजा रहेका छन्। शनिबार राति साढे ८ बजे इंग्ल्यान्डको किङ पावर स्टेडियम नजिक उक्त दुर्घटना भएको हो।
_x000D_
_x000D_
घरेलु मैदानमा लेस्टर र वेस्टह्यामसँगको खेल हेरेर फर्किँदा मैदानबाहिर हेलिकोप्टर दुर्घटनामा परेको हो।
_x000D_
_x000D_
भिचाइ थाई नागरिक हुन्। उनले सन् २०१० मा क्लब आफ्नो स्वामित्वमा लिएका थिए। क्लबले सन् २०१६ मा प्रिमियर लिगको उपाधि उचालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।