कोलम्बो- श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दाबी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन्।
_x000D_
_x000D_
राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक-फरक कित्तामा देखिएका हुन्।
_x000D_
_x000D_
सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त गर्न नमिल्ने तर्क गरे।
_x000D_
_x000D_
राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाई छ।
_x000D_
_x000D_
अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उनले बताए।
_x000D_
_x000D_
राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका राजापाक्षेको पार्टीले भने संसदमा बहुमत देखाउन सक्ने दाबी गरेको छ।
_x000D_
_x000D_
त्यसैगरी अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले पनि संसदमा आफ्नो बहुमत रहेको बताउँदै आएका छन् ।
_x000D_
_x000D_
आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने शनिबार संसद्को बैठक स्थगित गरिदिएका छन्।
_x000D_
_x000D_
संसदमा आफूमाथि हुन सक्ने चुनौती पन्छाउन उनले संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन्।
_x000D_
_x000D_
राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षास्थिति पनि मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सबै सुरक्षाकर्मीलाई बिदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
_x000D_
_x000D_
राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन्। सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए।
_x000D_
_x000D_
आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत गराएका थिए। -रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।