एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका छन्। भारतको आगमी गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा भारत भ्रमणको निम्तो गरिएको भए पनि ट्रम्पले उक्त निमन्त्रणा अस्वीकार गरेको भारतीय समाचार माध्यमले जनाएका छन्।
_x000D_
_x000D_
गत अगस्ट महिनामा नै ट्रम्पलाई भारत भ्रमणको निमन्त्रणा आएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पुष्टि गरेकी छन्।
_x000D_
_x000D_
समाचार स्रोतका अनुसार विगत केही सातादेखि अमेरिकी अधिकारीहरुले भ्रमणमा ढिलाई हुने बताउँदै आएका थिए। भारतको विदेश मन्त्रालय र भारतस्थित अमेरिकी दूतावासले भने यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
_x000D_
_x000D_
केही महिनादेखि अमेरिकाले भारतसँग गर्दै आएका आग्रह नमानेका कारण ट्रम्पले भारत भ्रमणको निमन्त्रणा अस्वीकार गरेको विश्लेषण गरिएको छ। अमेरिका र भारतबीच केही महिनादेखि विभिन्न विषयमा असमझदारी उत्पन्न हुँदै आएको छ।
_x000D_
_x000D_
अमेरिकाले भारतलाई इरानसँग तेल खरिद नगर्न चेतावनी दिएको थियो। संयुक्त राष्ट्रसंघका लागि तत्कालीन अमेरिकी प्रतिनिधि निक्की ह्यालेले गरेको भारत भ्रमणका बेला इरानसँग तेल खरिद नगर्न चेतावनी दिएकी थिइन्। जुन चेतावनीलाई भारतले अस्वीकार गर्दै आएको छ।
_x000D_
_x000D_
संयुक्त राष्ट्रसंघको ७३औँ महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत आफ्नो निर्णय आफैं गर्न समक्ष रहेको अभिव्यक्ति दिएकी थिइन्। यस्तै ररियाली राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको अवसरमा भएको ‘एस–४०० मिसाइल’ खरिद प्रकरणले पनि अमेरिका र भारतबीचको सम्बन्धमा दरार ल्याएको हुन सक्ने अशंका गरिएको छ। अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाएको छ।
_x000D_
_x000D_
अमेरिकी अधिकारीहरुले भारतले रुससँग एस–४०० मिसाइल खरिद गरेको खण्डमा त्यसको परिणाम भोग्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।