काभ्रे– काभ्रेस्थली कृषि सहकारी संस्थाको ५अाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शेयर पुँजी ५० लाख रुपैयाँ रहेको सहकारी संस्थामा ६ सय शेयर सदस्य छन्।
_x000D__x000D_
नेपाल सरकार युवा तथा स्वरोजगार साना व्यवसायी कर्जाको ५० लाख कृषकहरुमा सहुलियत लगानीसमेत गरेको संस्थाले हालसम्म १ सय ५० कृषक महिलाहरुमा बाख्राका पाठा वितरण गरेको छ।
_x000D__x000D_
सिलाई तालिम तथा मेसिन वितरण हाते ट्रयाक्टर वितरण कृषि मल बिउ विजन साथै पशु स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गरेको छ। तारकेश्वर नगरपालिका वडा नं २ स्थित यो सहकारीको साधारणसभा शिक्षा प्रेमी तीर्थप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।