एजेन्सी- अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ। ६ जना गम्भीर घाइते भएका छन्।
_x000D_
_x000D_
स्थानीय समयअनुसार उक्त घटना शनिबार बिहान ९:४५ बजे भएको प्रहरीले जनाएको छ। बन्दुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
_x000D_
_x000D_
यहुदीहरुको प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गोली चलाएका थिए। उनी राइफल र दुई वटा पेस्तोलसहित त्यहाँ प्रवेश गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।