वासिङ्टन- आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइँदै आएको कर्जा बढाएर अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
_x000D_
_x000D_
आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कट सम्बोधन गर्न ५ दशमलव ७ अर्ब डलर तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ।
_x000D_
_x000D_
अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन महिनामा ५० अर्ब कर्जा उपलब्ध गराउने सहमति जनाएको थियो। जसमध्ये १५ अर्ब डलर फिर्ता भइसकेको छ।
_x000D_
_x000D_
राजनीतिक अस्थिरताका कारण पछिल्ला केही बर्षमा अर्जेन्टिनाले आर्थिक सङ्कटको सामना गर्दै आएको छ। ब्युनर्स आयर्सको तीब्र खर्चका कारण उसले थप आर्थिक सहयोगको अपेक्षासहित दातासँग पुनः हात फैलाउनु परेको हो।
_x000D_
_x000D_
सबैभन्दा पछिल्लो किस्तासँगै अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्रपति माउरिसियो म्याक्रीको सरकारलाई यसबर्ष २० अर्ब डलर रकम निकाशा गरिसकेको छ। “चुनौतिपूर्ण वातावरणका बाबजुद सरकारले सक्रियताकासाथ आफ्नो नीति तथा कार्यक्रमलाई मजबुत बनाएको छ,” अन्तराष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिष्टिन लागार्डले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्।
_x000D_
_x000D_
आर्थिक सङ्कटका कारण निम्तिएको समस्याले गत अप्रिलदेखि अर्जेन्टिनी मुद्राको मूल्य अमेरिकी डलरसँग नियमित तथा तीब्ररूपमा खस्किँदो अवस्थामा रहेको छ। अर्जेन्टिनामा राजनीतिक अस्थिरतासँगै यस बर्ष देखिएको खडेरीका कारण यहाँको अर्थतन्त्रमा व्यापक गिरावट आएको हो।
_x000D_
_x000D_
अर्जेन्टिनी मुद्रा पेसोको मुल्यमा यस बर्षको शुरूदेखि निरन्तर कमी आएकोे छ । पेसोको मूल्य अमेरिकी डलरसँग बर्षको शुरूको तुलनामा ५० प्रतिशतले कमी आएको छ । राष्ट्रपति म्याक्रीले अगस्टमा कर्जा बिषयमा आइएमएफसँग पुनः वार्ता गर्न खोजेको घोषणासँगै दुई दिनको समयमा नै अमेरिकी डलरसँग पेसोको मूल्य करिब २० प्रतिशतले घटेको थियो । -रासस/एएफ्पी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।