काठमाडौं– नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरअघि भएको भेटवार्तामा दुवै मन्त्रीले पारस्परिक हितका विभिन्न विषयमा विचारविमर्श गरे । नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण प्रयासबारे पनि छलफल भएको थियो। मन्त्रीहरूले नेपाल र सेनेगल तथा दुवै देशका जनताबीच साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरे सँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार १८८ देशमा पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।