कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् विघटन गरेका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटनको भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि विघटन गरेका हुन्। संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गरेको पुष्टी गरे।
_x000D_
_x000D_
शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै विघटन गरेका हुन्।
_x000D_
_x000D_
विक्रमासिङ्घेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताइरहेका थिए। उनले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दाबी पनि गरेका छन्।
_x000D_
_x000D_
संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ मा वार्षिक बजेट पेस गर्ने कार्यक्रम रहेको थियो। बजेट पेस गर्न पनि नमिल्नेगरी संसद विघटन भएकाले श्रीलङ्कामा अब आर्थिक संकटसमेत आउनु देखिएको छ।
_x000D_
_x000D_
राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन्। सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।
_x000D_
_x000D_
आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाएका छन्।
_x000D_
_x000D_
आफ्ना विरोधी र प्रतिस्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनाले चकित बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।