सांकेतिक तस्बिर
बारा– जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबुल अगाडि झैझगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले आपसी झगडाका क्रममा धारिलो हतियार प्रहार गर्दा खड्काको घाँटीमा चोट लागेको थियो।
गम्भीर घाइते खड्कालाई उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपाल मेडिसिटी बयोधा अस्पताल, वीरगञ्ज, पर्सा पठाइएकोमा दिउँसो १८:४० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनापछि धारिलो हतियार प्रहार गर्ने भनिएका आयुष राई फरार रहेका छन्। घटनाबारे खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।