बझाङ– जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट नदीमा फाल्ने महिला जयपृथ्वी नगरपालिका–३, पडेष गाउँ निवासी ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रोकायालाई बिहीबार बेलुकी पक्राउ गरिएको हो। पक्राउ परेकी रोकायामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।