रियाद– गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना भएका छन्।
_x000D_
_x000D_
साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उनी अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका छैनन।
_x000D_
_x000D_
साउदीका युवराज मोहम्मद विन सल्मानले अस्पताल पुगेर बोङगोलाई भेटेका छन्। युवराज सल्मानले उनको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका थिए।
_x000D_
_x000D_
राष्ट्रपति बोङ्गोलाई रियादको किङ्ग फैसल हस्पिटलमा भर्ना गरिएको साउदी प्रेस एजेन्सीले जनाएको छ।
_x000D_
_x000D_
रियादमा भएको ‘फर्दर इन्भेस्टमेन्ट इनिसियटिभ फोरम’मा मुख्य वक्ताका रूपमा सहभागी हुने तालिका भएपनि ५९ बर्षिय बोङगो अस्पताल भर्ना भएका हुन्।
_x000D_
_x000D_
गत सन् २०१२ मा अलि बोङगो राष्ट्रपतिमा पुनर्निर्वाचित भएका थिए। उनलाई निर्वाचित गराएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै विवादित बनेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।