काठमाडौं– ठूलो रकमबराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाको शहीदनगरबाट २४ वर्षीय अजयकुमार मुखिया पक्राउ परेका छन्।
एक अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ।
सीआईबीका अनुसार, मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी अवैध हुण्डी कारोबार गरेको पुष्टि हुन आएकोले उनलाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनीमाथि अवैध हुण्डी कारोबार गरेको कसुरमा थप अनुसन्धान भइरहेको छ। उनका साझेदारहरूको पनि खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।