• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

64x64
नेपाल लाइभ बिहीबार, असोज १, २०८३  ०९:५१
1140x725

जनकपुर– धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घटनालाई २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि कवारीले धरौटी रकम बुझाएर छुटेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका राइन कतार पुगेका थिए। उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो। पीडित बालिकाको बयानका आधारमा वडाध्यक्ष कवारीलाई पनि धनुषा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो।

धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई घरबाट अपहरण गरी जनकपुरका होटलमा लगेर १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा राइनसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो। घटनामा दुई जना प्रहरीसमेत संलग्न रहेको आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस घटनासम्बन्धी धनुषा जिल्ला अदालतमा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीका दुई छुट्टाछुट्टै मुद्दा दर्ता छन्। ती मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन प्रतिवादी रहेको प्रहरीले जनाएको छ। अधिकांश प्रतिवादी अझै फरार छन्।

मुद्दाको मिसिलअनुसार २०८१ चैत २९ गते आमा खेतमा गएको समयमा घरनजिकै पसल सञ्चालन गर्दै आएका स्थानीय ताहिर राइनले विवाह गर्ने प्रलोभन देखाएर बालिकालाई अपहरण गरेको आरोप छ। त्यसपछि उनलाई जनकपुर ल्याएर राइनसहित अन्य व्यक्तिले जबरजस्ती करणी गरेको र विभिन्न होटलमा लगेर बेचबिखन गरेको अभियोग लगाइएको छ।

बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन्। उनले २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। तर जाहेरीमाथि समयमै अनुसन्धान अघि नबढेको र त्यसबीच राइन विदेश फरार भएको आरोप पीडित पक्षले लगाएको छ।

त्यसपछि २०८२ असार १७ गते बिहान करिब ४ बजे बालिका पुनः अपहरणमा परेको जाहेरीमा उल्लेख छ। बाख्रा बाँध्न घरको दैलोमा निस्किएको समयमा गाडीमा आएका अञ्जली महरासहित तीन जनाले कपडाले आँखामा पट्टी बाँधेर अपहरण गरेको जाहेरीमा दाबी गरिएको छ।

जाहेरीअनुसार बालिकालाई जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन राखिएको थियो। त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको आरोप छ। होटल सञ्चालकसहितका प्रतिवादीले बालिकामाथि जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर करणी गर्न लगाएको अभियोगसमेत मुद्दाको मिसिलमा उल्लेख छ।

घटनापछि चौतर्फी दबाब र सुरक्षाको कारण बालिका अझै सेफ हाउसमा रहेको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा
सम्बन्धित सामग्री
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चला... बिहीबार, असोज १, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो। संसद्को अभिलेखमा पनि विधेयक प्रधानमन्त्री तथा मन्... बुधबार, भदौ ३१, २०८३
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जन... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिँदै बिहीबार, असोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बिहीबार, असोज १, २०८३
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा बिहीबार, असोज १, २०८३
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान बिहीबार, असोज १, २०८३
पहिलो जितको खोजिमा नेपाल बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्