काठमाडौं– नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ।
कोमाकीस्थित पार्क एरिनामा हुने खेल अपराह्न ४:०० देखि सुरु हुनेछ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो।
नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा ११औं स्थान हात पारेको थियो। यसपल्ट भने नेपाल प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ। बुधबार भएको पुल ‘ए’ मा नेपाल आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
नेपालले जापानविरुद्ध तीनै सेटमा संघर्ष गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेन। खेलमा जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ को सेटमा पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।