काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार राति अचानक भक्तपुर पुगेका छन्। कुनै औपचारिक जानकारी नदिई भक्तपुर पुगेका उनले राति पौने ८ बजे दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा आकस्मिक निरीक्षण गरेका हुन्।
गृहमन्त्रीको अप्रत्याशित आगमनपछि कार्यालयका कर्मचारीले उनको भ्रमणलाई छड्के निरीक्षणका रूपमा लिएका थिए। निरीक्षणका क्रममा उनले कार्यालयमा रहेका दमकल, जनशक्ति र सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएका थिए। यद्यपि, उनले तत्काल कुनै निर्देशन नदिएको बताइएको छ।
जुद्ध बारुण यन्त्र कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन हुँदै आएको छ। गृहमन्त्रीको निरीक्षणका क्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का भने उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।