• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका, जोडे मित्रताको साइनो

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३०, २०८३  १६:५४
1140x725
गोल्याण फाउण्डेशनले राष्ट्रिय बाल दिवसको अवसरमा नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा आयोजना गरेको कार्यक्रममा खेल्दै, रमाउँदै बालबालिकाहरु ।

नुवाकोट– पीडाको प्रकृति फरक, तर चोट एउटै । कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोहिचाहिँ यही भदौ १० को भोटेकोशी–त्रिशुली बाढीको प्रकोपबाट घरबार र आफन्त गुमाएका । तर बालबालिकाको लागि यी पीडाका बीच पनि खेल्नु, रमाउनु, मनोरन्जन गर्नु बालअधिकारको अनिवार्य अन्तरवस्तु थियो ।

यसैलाई मनन् गर्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले त्रिशुली नदी किनारमा राष्ट्रिय बाल दिवस कार्यक्रम आयोजना ग¥यो, जहाँ बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानहरु एकै थलोमा बसेर रमाए । एकअर्काबीच चिनजान गरे, मित्रता गाँसे । अनि, बाल दिवस मनाए ।

 

805876265_1441189988193317_4337494218246078478_n-(1)-1789470480.jpg

 

यो कार्यक्रम कसरी जुर्‍यो त ? गोल्याण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेका अनुसार फाउण्डेशनले दुबैथरि बालबालिकाको लागि काम गर्ने सन्दर्भमा बाल दिवसको सन्दर्भ जुरेको हो ।

एक वर्षदेखि जेनजी सहिदका सन्तानलाई पढाइरहेको फाउण्डेशनले भरखरै बाढीले प्रभावित बनेका बालबालिकालाई पनि विदुर नगरपालिका–५ को चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा भोजनका साथै बालमनोसामाजिक परामर्श, खेल तथा शैक्षिक सामग्री प्रदान गरिरहेको छ । ‘यही अवस्थामा हामीले बालबालिकालाई एकै ठाउँमा राखेर बाल दिवस मनाउनुपर्छ भनेर विदुरमा यो कार्यक्रम आयोजना गरिएको हो,’ गैह्रेले भनिन् ।

यसको लागि गोल्याण फाउण्डेशनले काठमाडौंमा अध्ययनरत १५ जना सहिदका बालबालिका र उनीहरुका अभिभावकलाई विदुर लग्यो । विदुरको चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा करिब ६० जना बालबालिका थिए । कार्यक्रम आयोजनाको प्रमुख उद्देश्य बाल दिवसको अवसरमा बालबालिकालाई एकआपसमा भेटघाट गराउने र रमाइलो वातावरणमा दिवस मनाउने थियो । भयो पनि त्यसै । फेस पेन्टिङ गर्नेदेखि बालमनोरन्जनात्मक विभिन्न खेलहरु भए, जसले बालमष्तिस्कमा मनोरमता थपिदियो । फरक भूगोल र फरक परिवेशका बालबालिकाबीच क्षणभरमै गहिरो चिनजानमात्र भएन, उनीहरुबीच मित्रताको साइनो पनि जोडियो । यसले भविष्यमा उनीहरुलाई सँगसँगै डो¥याउनेछ । कार्यक्रममा बालबालिका र उनीहरुका अभिभावकसमेत गरी करिक १२० जना सहभागी थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

799333111_3173443259512061_5008999793760532912_n-(1)-1789470480.jpg

‘फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित भएका बालबालिकाहरुलाई एकै थलोमा भेला गरेर बालअधिकार दिवस मनाउने कामले निकै राम्रो प्रभाव छोडेको छ,’ बाढीप्रभावित समेत रहेका विदुर नगरपालिका वडा नं. ५ का वडा सदस्य विनोद चित्रकारले भने, ‘गोल्याण फाउण्डेशनको यो कार्यले बालबालिकालाई खुसी प्रदान गर्र्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको छ ।’

सहिद परिवारका सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन् । ‘एक वर्षदेखि साथी बनेका हाम्रा (सहिद) का बालबच्चाहरुले त्यहाँ गएर नयाँ साथीहरु बनाए, हामीलाई पनि बाढीप्रभावितको पीडा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘ यसबाट जीवनमा दुःख, पीडा जेजस्तो आइलागे पनि सहनुपर्छ भन्ने शक्ति मिलेको छ ।’

803266082_1617058866501444_3970249400088827054_n-(1)-1789470479.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोल्याण फाण्डेशनकी सीईओ गैह्रेले अवोध अवस्थामै धेरै थोक गुमाएका बालबालिकाको मुहारमा मुस्कान फर्काउनु आफूहरुको उद्देश्य रहेको बताइन् । ‘फाउण्डेशनले एक वर्षदेखि सहिदका सन्तानको शिक्षाको अधिकार मजबुत बनाइहेको छ, पछिल्लो समय बाढी प्रभावितको लागि होल्डिङ सेन्टरमा भोजन र व्यवस्थापकीय काम गरिरहेको छ,’ उनले भनिन्, ‘त्योभन्दा ठूलो कुरा हामीले बालबालिकाको बालसुलभ निर्दोषपन जोगाउन र उनीहरुको खुसी हुने अधिकारको सम्मान गर्न सकेका छौं ।’ बालबालिकाको हाँस्न पाउने, असीमित सपना देख्न पाउने र बाल्यकालको उपहारको आनन्द लिने पाउने वातावरण सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

गोल्याण फाउण्डेशनले जेनजी सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति प्रदान गरी पढाइरहेको छ । उनीहरुलाई मासिक ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्रदान गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार
सम्बन्धित सामग्री
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्