अम्मान–जोर्डनमा आएको बाढीमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्रा रहेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्। स्थानीय एक पत्रिकाले यस घटनालाई दुःखान्त घटनाको संज्ञा दिएको समाचारमा जनाइएको छ।
_x000D_
_x000D_
घटनामा अरु ३५ जना घाइते भएका छन्। बिहीबार आएको अत्यधिक वर्षाका कारण जोर्डनमा बाढी आएको हो। घटनामा परेकाहरूलाई खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीलगायतका विभिन्न निकायका उद्धारकर्ता तथा सहयोगीहरू घटनास्थलमा पुगेका थिए।
_x000D_
_x000D_
घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीले हराइरहेका आठ जनाको खोजी गरिरहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन्। पश्चिमी अम्मानदेखि झण्डै ५० किलोमिटर टाढा पर्ने सो घटनास्थल पर्यटनका लागि लोकप्रिय क्षेत्र मानिन्छ।
_x000D_
_x000D_
मृत्यु भएका मध्ये अधिकांश ११ देखि १४ वर्षका रहेका थिए। उनीहरू विद्यालयबाट भ्रमणका लागि त्यस तर्फ गएका थिए। विद्यार्थी बोकेको बस बाढीले बगाएको थियो।
_x000D_
_x000D_
यति ठूलो संख्यामा आफ्ना नागरिकको निधन भएपछि जोर्डनका राजा अब्दुल्लाह द्धितीयले बहराइनको भ्रमण स्थगित गरेका छन्। (रासस/एएफपी)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।