काठमाडौं– बाढीपहिरो प्रभावितका लागि ३५ टन अत्यावश्यक राहत तथा उद्धार सामग्री लिएर भारतीय वायुसेनाको आठौँ विमान नेपाल आइपुगेको छ।
भारतबाट ल्याइएको उक्त राहत सामग्री काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
नेपालमा पछिल्लो समय आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भारतले हवाईमार्गमार्फत निरन्तर सहयोग सामग्री पठाउँदै आएको छ।
भारतीय दूतावास, काठमाडौंका अनुसार पछिल्लो खेपमा विभिन्न अत्यावश्यक राहत तथा उद्धार सामग्री समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।