_x000D_
नयाँ दिल्ली- घुसकाण्डबाट सुरु भएको सीबिआइबी विवादले अब पूर्ण रुपमा राजनीतिक रुप लिएको छ। शुक्रबार अध्यक्ष राहुल गान्धीको अगुवाइमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले बृहत् विरोध र्याली प्रदर्शन गर्दै सरकारलाइ गिरफ्तारी दिएपछि यसले राजनीतिक रुप लिएको हो।
_x000D_
_x000D_
गान्धीका साथै कांग्रेस नेताहरु अशोक गहलोत, प्रमोद तिवारीलगायत अन्य कांग्रेस नेताले पनि गिरफ्तारी दिए।
_x000D_
_x000D_
राहुल गान्धीको अगुवाईमा कांग्रेसले मार्च दयाल सिंह कलेजबाट सुरू भएको विरोध सभामा राहुल गान्धीले लोधी रोड पुलिस स्टेशनमा गिरफ्तारी दिएका थिए। प्रदर्शनमा गांधीका साथै तृणमूल कांग्रेसका नेता पनि सामेल थिए।
_x000D_
_x000D_
लोधी रोड पुलिस स्टेशनबाट निस्कँदै गान्धीले भने, 'प्रधानमन्त्रीले बदमासी गरे। पूरा देशले यो विषय बुझेको छ। प्रधानमन्त्री यो विषयबाट भाग्न पनि सक्दैनन्। जति पटक गिरफ्तार गर्नु छ गरे हुन्छ, मलाई कुनै फरक पर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।